* यो वर्णन विशिष्ट सीप भएको कामदार नम्बर 1 को बारेमा हो।
SSW (नम्बर 1)को ठूलो विशेषता मध्यको एउटामा जापानी पक्षद्वारा गरिने पर्याप्त सपोर्टको व्यवस्था रहेको कुरा पर्न आउँछ । SSW (नम्बर 1) को रूपमा जापानमा आउने व्यक्तिले कम्पनीबाट निम्न अनुसारका सपोर्ट लिएर ढुक्कका साथ काम गर्न सक्नेछ ।
1. जापान आउनु भन्दा अगाडि देखिनै, तपाईंले बुझ्ने भाषामा जापान जीवनयापन सम्बन्धी निर्देशन प्राप्त गर्नुहुनेछ ।
2. जापानमा आइपुगे पछि, विमानस्थलमा लिन आउनेछ र स्वदेश फर्कने बेलामा पनि विमानस्थलसम्म पुर्याइदिनेछ ।
3. जापानमा घर भाडामा लिन, बैंक खाता खोल्न, मोबाइल फोन र जापानमा लाइफलाइन प्रक्रियाहरूमा सपोर्ट गर्दछौं ।
4. जापानमा जीवनयापन गर्नका लागि, जापानी समाजको नियम तथा मर्यादा, यातायातका साधनको उपयोग तरिका र भूकम्प आदि जस्ता आपतकालमा के कसो गर्ने भन्ने बारे जानकारी दिनेछौं ।
5. बसोबास गर्ने स्थानको नगर कार्यालयमा गई बासिन्दा दर्ता तथा कर तिर्ने आदि सम्बन्धीको कागज प्रक्रिया तथा कागजपत्रको निर्माणमा सहयोग पुर्याउँछौं ।
6. जापानी भाषाको थप अध्ययनका लागि सिकईमा सहयोग पुर्याउँछौं ।
7. यदि तपाईंलाई कुनै समस्या छ भने, तपाईंको देशको भाषा वा अंग्रेजी भाषामा सल्लाह लिन सक्नुहुन्छ ।
8. जापानी समाजमा छिटो घुलमिल हुनका लागि जापानीहरूसँग कुराकानी गर्ने अवसरहरूको सिर्जना गर्नेछौं ।
9. कम्पनीको आन्तरिक कारणबाट तपाईंले काम छोड्नुपरेमा रोजगारीको नयाँ ठाउँ खोज्न सहयोग पुर्याउँछौं ।
10. कम्पनी भित्रको SSW सपोर्ट सम्बन्धीका प्रमूख कर्मचारीसँग हुने विभिन्न परामर्शका लागिको मिटिङ सभाको आयोजना बारम्बार गर्नेछौं ।
कामदार स्विकार्ने निकायको बारेमा
1 कामदार स्विकार्ने निकायद्वारा विदेशी भित्र्याउनको लागि गरिने तयारी
①विदेशीसँग जोडिन उपयुक्त श्रम करार
②निकाय स्वयं उपयुक्त (उदाहरणका लागि, 5 बर्षको अन्तरालमा अध्यागमन तथा अन्य श्रम सम्बधी कानूनको उल्लंघन नगरिएको )
③विदेशीहरूलाई सहयोग पुर्याउने सिस्टम भएको (उदाहरणको लागि, विदेशीहरूले बुझ्ने भाषामा सहयोग गर्ने)
④विदेशीलाई उपयुक्त सहयोग दिने योजना (उदाहरणका लागि, जीवनयापन सम्बन्धी आवश्यक जानकारी दिने )
2 कामदार स्वीकार्ने निकायको दायित्व
①विदेशीसँग अनुबन्ध गरिएको रोजगार सम्झौता इमान्दारीपुर्वक पुरा गर्ने (उदाहरणका लागि, तोकिएको समयमा पारिश्रमिक भुक्तान गर्ने)
②विदेशीलाई सहयोग गर्ने योजना कार्यान्वयन गर्ने
→सहयोगका मामिलामा, दर्ता गरिएका सहयोग निकायलाई सुम्पन पनि सकिने ।
सम्पूर्ण काम सुम्पेमा1③ पनि पूरा हुने
③अध्यागमन ब्यूरोमा हरेक जानकारी पेस गरिने
(नोट) ① देखि ③ मा लापारवाही गरेमा, विदेशीहरूलाई भित्र्याउन सकिनेछैन र जापानको अध्यागमन ब्यूरोबाट निर्देशन र सुधारको लागि आदेश आउन सक्नेछ ।
दर्ता गरिएका सहयोग निकायका बारेमा
1 दर्ता प्राप्त गर्नका लागि आवश्यक मापदण्ड
①)निकाय स्वयं उपयुक्त (उदाहरणका लागि, 5 बर्षको अन्तरालमा अध्यागमन तथा अन्य श्रम सम्बधी कानूनको उल्लंघन नगरिएको )
②निकाय स्वयं उपयुक्त (उदाहरणका लागि, 5 बर्ष भित्र अध्यागमन तथा श्रम कानून उल्लंघन नभएको)
2 दर्ता समर्थन निकायहरूको दायित्व
①विदेशीप्रतिको सहयोग उचित तवरले कार्यान्वयन
②अध्यागमन ब्यूरोमा हरेक जानकारी पेस गर्ने
(नोट) ① देखि ② मा लापारवाही गरेमा, दर्ता खारेज गर्न सकिनेछ ।
निम्न भिडियोहरू २०२२ साल मार्च महिनामा सम्ममा निर्माण गरिएका हुन्। २०२४ साल अप्रिल महिनामा "मेसिनका पार्टपुर्जा र उपकरण उद्योग" लाई "औद्योगिक उपकरण निर्माण" मा परिवर्तन गरिएको हो।