जापानमा SSWको रूपमा काम गर्ने सामान्य प्रकृया निम्नअनुसार रहेको छ (तल दिइएको फ्लोचार्ट विशिष्ट सीप भएको कामदार नम्बर 1 सम्बन्धि व्याख्या हो) । तथापि, देश अनुसार कागजी प्रक्रियामा थोरै फरक हुने र कुनै देशहरुमा आन्तरिक प्रक्रियाको आवश्यकता पर्ने पनि हुनाले त्यस कुरामापनि विशेष ध्यान दिनुहोला । (विस्तृत जानकारीका लागि सम्वन्धित निकायमा सम्पर्क गर्नुहोला)।
जापानभित्र
सम्पर्कका लागि
जापान स्थित नेपालको दूतावास
ठेगाना
Fukukawa House B, 6-20-28, Shimomeguro, Meguro-ku, Tokyo 153-0064
फोन नम्बर
03-3713-6241
03-3713-6242
फ्याक्स नम्बर
03-3719-0737
इमेल एड्रेस
eontokyo@mofa.gov.np
प्रयोग हुने भाषा
जापानी, अंग्रेजी, नेपाली
नेपाली
सम्पर्कका लागि
नेपाल सरकार, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय / वैदेशिक रोजगार विभाग (Japan Unit, Department of Foreign Employment, MoLESS)
ठेगाना
44600 ताहाचल, काठमाण्डौ
फोन नम्बर
+ 977-1-4792616 +977-9851112315 (Mr. Kabiraj Upreti, Information Officer)
※1निर्धारित उद्योगको कार्यक्षेत्रसंग सम्बन्धित परीक्षा
※2・जापान फाउन्डेशन जापानी आधारभूत परीक्षण (जापान फाउन्डेशन)
अथवा
・ जापानी भाषा दक्षता परीक्षा (N4 वा सो भन्दा माथि) (जापान फाउण्डेशन, जापान एडुकेसनल एक्सचेन्ज र सेवा संघ)
इत्यादि
※3○18 बर्षको उमेरभन्दा माथि पुगेको
○सीपको जाँच र जापानी भाषाको जाँच सफलतापूर्वक पूरा गरेको हुनुपर्छ (प्राविधिक इन्टर्न प्रशिक्षण (2) पूरा गरेका विदेशीहरू सीपको जाँच र जापानी भाषा जाँच दिनुपर्ने छैन)
○विशिष्ट सीप भएको कामदार (1)- को आधारमा 5 वर्षभन्दा धेरै समय जापानमा बसेको हुनुहुँदैन
○सुरक्षा निक्षेप भुक्तान नगरेको साथै जरिवाना भएको ठेक्कामा हस्ताक्षर गरेको हुनुहुँदैन
○ आफैले खर्च बेहोर्नुपर्ने अवस्थामा आफु सो बारे स्पष्ट जानकार हुनुपर्ने र तिर्नुपर्ने विस्तृत विवरणबारे पुरा बुझेको हुनुपर्छ
आदि
※4○भित्र्याउने निकायद्वारा आयोजना गरिने जीवनयापन सम्बन्धी जानकारीको तालिम कक्षामा भाग लिनेर्छ
○ठेगाना रहेको स्थानको नगर, वडा, टोल तथा गाउँमा बासिन्दा दर्तार्छ
○तलब खाता खोल्नेर्छ
○आवास भवनको निश्चयर्छ
आदि
परीक्षाको बारेमा
①जापानी भाषाको प्रविणता जाँच्नको लागि लीइने परिक्षा (नम्बर 1 मात्र)
"विशिष्ट सीपमा दक्ष कामदार (SSW नम्बर 1)" बसोबास योग्यता प्राप्त गर्दा, जापानभित्र तथा र अन्य राष्ट्रहरुमा आयोजना गरिने "जापानी भाषा बेसिक टेस्ट (JFT-Basic)" वा "जापानी भाषा दक्षता परीक्षा (JLPT)" को लेबल 4 उत्तीर्ण भएको हुनुपर्छ (नम्बर 2 को लागि आवश्यक छैन)।
"विशिष्ट सीपमा दक्ष कामदार (SSW)" को बसोबास योग्यता प्राप्त गर्न, जापानभित्र वा सम्वन्धित मुलुकहरुमा आयोजना गरिने फरक फरक उद्योगहरुका सम्बन्धित सीप परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ ।
निम्न भिडियोहरू २०२२ साल मार्च महिनामा सम्ममा निर्माण गरिएका हुन्। २०२४ साल अप्रिल महिनामा "मेसिनका पार्टपुर्जा र उपकरण उद्योग" लाई "औद्योगिक उपकरण निर्माण" मा परिवर्तन गरिएको हो।