जापानमा प्रवेश गर्न चाहने विदेशीहरूले साधारणतया विदेशमा रहेको जापानी राजदूतावास (परराष्ट्र मन्त्रालय अन्तर्गतको निकाय) बाट "भिसा" जारी गराउनु पर्छ, तर भिसा प्राप्त गर्दैमा जापान प्रवेश गर्न पाइने भन्ने होइन। जापानमा आइपुगे पछि, अध्यागमन तथा प्रवास नियन्त्रण विभागद्वारा गरिने आवश्यक सोधपुछमा सहभागी हुनुपर्नेछ र जापानमा गर्न खोज्नु भएको गतिविधि अनुसारको "बसोबास योग्यता" प्राप्त गर्नुपर्नेछ । "भिसा" र "बसोबास योग्यता" फरक फरक निकायको अधिकार क्षेत्र अन्तर्गत पर्ने अलग प्रक्रियाहरू हुन् । यस पृष्ठमा परिचय गराइएको SSW, नयाँ "बसोबास योग्यता" मध्येको एउटा हो । SSWको बसोबास योग्यतामा "नम्बर 1" र "नम्बर 2" भनिने प्रकारहरू छन् ।
SSW को विशेषता
SSW को रूपमा जापानमा काम गर्नको लागि स्वास्थ्य अवस्था राम्रो भएको, 18 वर्ष वा सो भन्दा माथिका उमेरका व्यक्ति हुनुपर्छ र कुनै थप अध्ययन तालिमको आवश्यकता विना तत्काल दक्ष श्रमशक्तिको रूपमा काम गर्न सक्ने हुनुपर्द्छ ।
साथै, कार्य स्थलको कार्य प्रशिक्षणद्वारा जापानको विभिन्न सीप ज्ञान हासिल गरेपछि स्वदेश फर्कने र उक्त सीपलाई मातृदेशमा फैलाउने जस्तो अन्तराष्ट्रिय योगदानको लक्ष्य लिएको "सीपको कार्य प्रशिक्षण (Technical Intern Training)" भन्ने बेग्लै प्रणाली छ र यस प्रणाली अन्तरगत तोकिएको कार्य प्रशिक्षण (Training)लाई राम्रोसँग सम्पन्न गरेका व्यक्तिका लागि, सीप तथा जापानी भाषा दक्षताको परीक्षा (JFT-Basic अथवा JLPT) नदिईकन एउटै क्षेत्रको SSW नम्बर 1 तर्फ बसोबास योग्यतालाई परिवर्तन गर्न सक्ने मार्ग खुला गरिएको छ ।
SSW नम्बर 1 र SSW नम्बर 2 को मुख्य भिन्नताको बारेमा यहाँ दिइएको तालिका हेर्नुहोस् ।
विशिष्ट सीपमा दक्ष कामदार
विशिष्ट सीपमा दक्ष कामदार नम्बर 1: निर्धारित उद्योगमा कामगर्न त्यस कामबारे पर्याप्त ज्ञान वा अनुभव हुनुका साथै सो काम संग सम्बन्धित सीप भएको बिदेशी कामदार लक्षित बसोबास योग्यता
विशिष्ट सीपमा दक्ष कामदार नम्बर 2: निर्धारित उद्योगमा काम गर्न त्यस कामबारे उच्च दक्षता भएको बिदेशी कामदार लक्षित बसोबास योग्यता
बस्ने अवधि
नम्बर 1: नवीकरणहरू जोडेर जम्मा 5 वर्ष सम्म
नम्बर 2: नवीकरण गर्न सकिने हद तोकिएको छैन
सीपको स्तर
नम्बर 1:परीक्षाबाट प्रमाणित भएको (प्राविधिक इन्टर्न प्रशिक्षण (2) पूरा गरेकाहरूले परीक्षा दिनु पर्ने छैन )
नम्बर 2: परीक्षाबाट प्रमाणित भएको
जापानी भाषा स्तर
नम्बर 1:दैनिक जीवन र काम गर्ने ठाउँमा प्रयोग गरिने जापानी भाषामा निपुण हुनुपर्नेछ , भाषिक दख्खलता परीक्षा द्वारा पुष्टि भएको हुनुपर्छ (प्राविधिक इन्टर्न प्रशिक्षण (2) पूरा गरेकाहरूले परीक्षा दिनुपर्दैन)
नम्बर 2: परीक्षा बाट प्रमाणित गर्नु पर्दैन
परिवार साथमा राख्न पाउने नपाउने बारे
नम्बर 1: साधारणतया अनुमति छैन
नम्बर 2: आवश्यकताहरू पूरा भएमा सम्भव छ (पति/पत्नी र बच्चा ल्याउन)
नम्बर 1 मा रोजगार दिने निकाय वा अधिकारिक सपोर्ट संस्थाले दिने सपोर्टको लागि योग्यता
SSW को रूपमा गर्न सकिने कामहरु SSW को रूपमा तपाईले गर्न सक्ने कामहरु 16 प्रकारका फरक फरक औद्योगिक क्षेत्र अनुसार निम्न बमोजिम रहेको छ । ध्यान दिनुहोस् SSW नम्बर १अन्तर्गत "नर्सिङ ", "अटोमोबाइल तथा परिबहन व्यवसाय", "रेलवे", "वन व्यवसाय" र "काष्ठ उद्योग" क्षेत्रमा मात्र उपलब्ध छन्।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको क्षेत्राधिकारमा पर्ने
"नर्सिङ" स्याहार सुसार"नर्सिङ" स्याहार सुसार (बिरामीको शारीरिक र मानसिक अवस्थाअनुसार नुहाउन , खान र दिशा पिसाव गर्न मदत गर्ने) बाहेक अरू सेवाहरू (मनोरन्जन र अन्य कार्यात्मक तालिमहरु)
याद गर्नुहोस्ः भ्रमण सेवा समावेश हुँदैन
भवन सरसफाई व्यवस्थापनभवन सरसफाई व्यवस्थापन
अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको क्षेत्राधिकारमा पर्ने
औद्योगिक पार्टपुर्जा उत्पादन
・मशीनिंग र धातु प्रशोधन
・इलेक्ट्रिकल र इलेक्ट्रोनिक उपकरण असेंबली
・धातु सतह प्रसोधन
・कार्टुन बक्स र नालीदार कार्टुन बक्स बनाउने
・प्रीकास्ट कंक्रीट निर्माण
・फालिएको कागज र प्लास्टिकको घनित इन्धन बनाउने
・सेरामिक भाँडा र सजावट सामग्री उत्पादन
・मुद्रण / बुक बाइन्डिङ
・बुनिएको कपडा उत्पादन
・सिलाई
भूमि, पूर्वाधार यातायात र पर्यटन मन्त्रालयको मातहत
निर्माण ・सिभिल इन्जिनियरिङ
・भवन निर्माण
・पूर्वाधार सुविधा र उपकरण
पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग・पानी जहाज निर्माण
・जहाज मेशिनरी
・जहाजमा प्रयोग हुने विद्युतीय उपकरण
अटोमोबाइल मर्मत-सम्भारअटोमोबाइलको दैनिक मर्मतसम्भार, नियमित मर्मतसम्भार, प्रमाणित मर्मतसम्भार, प्रमाणित मर्मतसम्भार सँग जोडिएका कार्यहरू
उड्डयन एयरपोर्ट ग्राउंड ह्यान्डलिंग (भुमि मार्गनिर्देशन समर्थन सेवाहरू,सामान र ढुवानी ह्यान्डलिंग सेवाहरू, ब्यागेज तथा कार्गो ह्यान्डलिंग सेवा आदि), विमान मर्मत (विमान, उपकरण आदिको लागि मर्मत सेवा आदि)
होटल सम्बन्धी उद्योगआवास सेवा, योजना तथा विज्ञापन, ग्राहक स्वागत सेवा, रेस्टुरेन्ट सेवा आदि जस्ता लजिङ सेवाको उपलब्धता ।
अटोमोबाइल तथा यातायात व्यवसाय・मोटर ट्रक चालकहरू
・ट्याक्सी चालकहरू
・बस चालकहरू
रेलवे・ट्रयाक निर्माण र मर्मतसम्भार
・विद्युत सुविधा निर्माण र मर्मतसम्भार
・रोलिङ स्टक मर्मतसम्भार र ओभरहाल
・रोलिङ स्टक निर्माण
・ ट्रेन सञ्चालन कार्यहरू (ड्राइभर कन्डक्टरहरू र प्रत्यक्ष रूपमा ट्रेन / कार सञ्चालनमा संलग्न हुने कामदारहरू)
कृषि वन तथा सामुन्द्रिक व्यवसाय मन्त्रालयको क्षेत्राधिकारमा पर्ने
कृषिसम्पूर्ण अन्नखेती व्यवसाय (खेती व्यवस्थापन, कृषिजन्य उत्पादनको सङ्कलन, ढुवानी तथा चयन आदि), सम्पूर्ण पशुधन पालन व्यवसाय (पशु तथा जलजन्तु पालन व्यवस्थापन, पालनजन्य उत्पादनको सङ्कलन, ढुवानी तथा चयन आदि ) ।
मत्स्यपालन तथा अकुवाकल्चरमत्स्यपालन (फिशिंग गियरको निर्माण तथा मर्मत, समुन्द्री जनावर तथा बोटबिरुवाहरूको खोज, माछा मार्ने गियर, फिशिंग मेशिनहरू संचालन,समुन्द्री जनावर तथा बोटबिरुवाहरूको सिकार, सिकारका समुन्द्री जनावर तथा
बोटबिरुवाको प्रशोधन, भण्डारन, सुरक्षा तथा स्वच्छताको सुनिश्चितता आदि), जलजन्तु पालन व्यवसाय(जलजन्तु पालन सामाग्रीको उत्पादन, सम्भार, नियन्त्रण, जलजन्तु पालन तथा समुन्द्री जनावर तथा बोटबिरुवाहरूको लानलपालन नियन्त्रण, फसल
काट्ने(सिकार)सामग्री मर्मत गर्ने) व्यवस्थापन, खेती व्यवस्थापन, (फसल काट्ने), प्रसोधन, सुरक्षा तथा स्वच्छताको सुनिश्चितता आदि)
खाना र पेय पदार्थको उत्पादन उद्योगसम्पूर्ण खाद्य तथा पेय पदार्थ उत्पादन उद्योग ( खाद्य तथा पेय पदार्थ (मादक पेय पदार्थ बाहेक)को उत्पादन, प्रशोधन तथा सुरक्षा र स्वच्छता)
खाद्य सेवा उद्योगसम्पूर्ण रेस्टुरेन्ट व्यवसाय (खाना र पेय, ग्राहक स्वागत सेवा, स्टोर व्यवस्थापन)
वन व्यवसायवन स्याहार, काठ उत्पादन आदि
काष्ठ उद्योगकाठ काट्ने मिल र प्लाईवुड उद्योग आदि काष्ठ प्रशोधन आदि
निम्न भिडियोहरू २०२२ साल मार्च महिनामा सम्ममा निर्माण गरिएका हुन्। २०२४ साल अप्रिल महिनामा "मेसिनका पार्टपुर्जा र उपकरण उद्योग" लाई "औद्योगिक उपकरण निर्माण" मा परिवर्तन गरिएको हो।